जनता टेलिभिजनमा पूर्व कार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित

328

- Advertisement -

५ साउन २०७९, बिहिवार / काठमाडौं  जनता टेलिभिजनमा पूर्व कार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् ।

श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।

Leave A Reply

Your email address will not be published.