विद्युत् सर्ट भई झापामा आगलागीबाट ६ घर जलेर नष्ट

414

- Advertisement -

४ साउन २०७९, बुधवार  / झापा   झापा गाउँपालिका ५ सिमलडाँगीमा विद्युत् सर्ट भई बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

स्थानीय अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनवर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अब्दुल करिम अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरमासमेत आगो सल्केको हो । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.