डा. सुवोध कुमार गुप्ता कर्पोरेट ‘इन्फ्लुइन्सीयल लिडरशिप अवार्ड २०२२’ बाट सम्मानित

361

- Advertisement -

 

४ साउन २०७९, बुधवार / वीरगंज

वीरगंज  उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता कर्पोरेट इन्फ्लुइन्सीयल लिडरशिप अवार्ड २०२२ बाट सम्मानित भएका छन् ।

कर्पाेरेट मिडिया ग्रुपले आयोजना गरेको कर्पाेरेट बिजनेस अवार्ड २०२२ का अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा. गुप्ता उक्त विधामा सम्मानित भएका हुन् । डा. गुप्तालाई उपराष्ट्रपति नन्द बहादुर पुनले अवार्ड प्रदान गरेर सम्मानित गरेका हुन् ।

उद्यमशिलताको क्षेत्रमा डा. गुप्ताले गरेको नेतृत्व प्रसंशनीय रहेको भन्दै उनले निजी क्षेत्रमा गरेको योगदानको मूल्यांकन गरेर उक्त अवार्डबाट सम्मानित गरिएको कर्पाेरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाहले बताए ।

Leave A Reply

Your email address will not be published.