छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई निलम्बन

414

- Advertisement -

४ साउन २०७९, बुधवार / हेटौडा    चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ । उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर दुव्र्यवहार गरेको आरोप छ ।

यस्तै घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ । क्याम्पस प्रमुख डा. देवचन्द्र भट्टको संयोजकत्वमा गठित समितिले ३ दिनभित्र प्रतिवेदन दिने छ । छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।

प्रहरीले भीडलाई उत्तेजित पार्ने ४ जना विद्यार्थीलाई नियन्त्रणमा लिई हेटौँडा क्याम्पसकै एउटा कोठामा राखेको थियो । यसरी हेटौँडा क्याम्पसमा अत्यन्तै क्रुर ढंगले शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेपछि उक्त घटनाबारे सामाजिक सञ्जालहरुमा ब्यापक आलोचना भएको थियो ।

आलोचनापछि घटनासँग सम्बन्धित २ छात्राका अभिभावक, क्याम्पस सञ्चालक समिति अध्यक्ष मुनु सिग्देल, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर र सबै विद्यार्थी संगठनका नेताहरु बसेर घटनाबारे छलफल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.