गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना सङ्क्रमण

341

- Advertisement -

४ साउन २०७९, बुधवार / पोखरा    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको हो ।

पोखरेललाई आइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट ज्वरो समेत आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएका र मंगलबार बिहान स्वाब सङ्कलन गरिएको थियो ।

मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो । चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

कोरोना सङ्क्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उनले मास्क, स्यानिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.