वीरगंजमा प्राकृतिक चिडियाखाना स्थापना गर्न कार्यदल गठन

347

- Advertisement -

३ साउन २०७९, मंगलवार / वीरगंज

वन तथा वातावरण मन्त्री प्रदीप यादवले घोषणा गरे अनुरुप वीरगंजमा प्राकृतिक चिडियाखाना स्थापना गर्ने निर्णय भएको छ ।

जिम्मेवारी सम्हालेसँगै मन्त्री यादवले वीरगंजमा चिडियाखाना स्थापना गर्ने प्रतिबद्धता अनुसार चिडियाखानाको सम्भाव्यता अध्ययन गर्न मङ्गलबार एउटा ८ सदसिय कार्यगल गठन गर्नुभएको छ ।

कार्यदलले वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ सोलखपुर र वडा नम्बर ३२ रामवनमा चिडियाखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेर १० दिन भित्र मन्त्रालयमा प्रतिवेदन प्रस्तुत गर्ने छ । प्रतिवेदन पेश गरे लगत्तै यसै महिनाभित्र चिडियाखाना स्थापनाका लागि काम शुरु गर्न मन्त्री यादवले निर्देशन पनि दिनुभएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्री यादवका उप–स्वकीय सचिव निखिल बरनवालले जानकारी दिनुभयो ।

बैठकमा सहभागी  मुख्यमन्त्री लालबाबु राउतले वीरगंजमा चिडियाखाना स्थापना गर्नका लागि प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेश सरकारले चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउनेदेखि बजेट व्यवस्थापनमा समेत सहयोग गर्न मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि चिडियाखाना स्थापनाले पर्यटकीय गतिविधि बढ्नुका साथै वन जङ्गलमा भइरहेको अतिक्रमण रोक्न सघाउ पुग्ने बताउनुभयो । चिडियाखाना स्थापनाका लागि जग्गा उपलब्ध गराउन र मन्त्रालयसँग समन्वय गर्न महानगरको कार्यपालिका बैठकले निर्णयसमेत गरिसकेको मेयर सिंहले जानकारी दीनुभायो ।

कार्कीको संयोजकत्वमा गठीत कार्यदलमा मधेश प्रदेशका वन निर्देशक, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, वन तथा भू संरक्षण विभागका सहायक वन अधिकृत सवनम पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ प्रतिनिधि सदस्य रहनेछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पा सदस्य सचिव हुने  निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.