राप्रपाका चार नेताद्वारा पार्टी परित्यागको घोषणा, थापा नेतृत्वको राप्रपामा जाने तयारी

357

- Advertisement -

३ साउन २०७९, मंगलवार / काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना नेताले पार्टी परित्याग गरेका छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

​‘राप्रपा भित्र विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ’, नेताहरूले विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.