बोरिङ खन्दा जोरपाटीमा निस्कियो ग्यास

523

- Advertisement -

३ साउन २०७९, मंगलवार / काठमाडौं

राजधानीको जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको छ ।

स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । प्रत्यक्षदर्शी केशव कुँवरका अनुसार पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः०० बजेदेखि उक्त स्थानबाट ग्यास निस्किएको हो । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको कुँवरले बताए ।

प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् । राजधानीका विभिन्न स्थानमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।

Leave A Reply

Your email address will not be published.