पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण

374

- Advertisement -

३ साउन २०७९, मंगलवार / काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन्  भने कसैको मृत्यु भएको छैन।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । जसमध्‍ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।
Leave A Reply

Your email address will not be published.