नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात सबै सेवा बन्द

400

- Advertisement -

३ साउन २०७९, मंगलवार / सिन्धुपाल्चाेक

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ ।

अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि साेमवार दिउँसो त्यही कार्यालयमा यसअघि एम्बुलेन्स चलाउने चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुन्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.