लाखौँको कपडासहित मालबाहक ट्रक सशस्त्र प्रहरी नियन्त्रणमा

424

- Advertisement -

२ साउन २०७९, सोमवार / वीरगंज

 

सशस्त्र प्रहरीले ठूलो मात्रामा भन्सार छलीको कपडासहित मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित वीरगंज पथलैया सडक खण्डबाट सशस्त्र प्रहरीले ६४ लाख १६ हजार २ सय ४० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको कपडा नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले चेकजाँचको क्रममा वीरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ८ ख ९४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी कपडा बरामद गरेको हो ।

३५ लाखको ट्रकसहित ९९ लाख १६ हजार २ सय ४० रुपैयाँ बराबरको सामाग्री आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छिन्नमस्ता बाहिनीका प्रमुख बाहिनीपती एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.