पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित ३ भारतीय नागरिक पक्राउ

671

- Advertisement -

२ साउन २०७९, सोमवार / वीरगंज

 

पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धीत लागू औषध गाँजासहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगंज वडा नम्बर २५ सिर्सियाको बाटो हुँदै भारत तर्फ प्रतिबन्धित लागू औषध गाँजा तस्करी भईरहेको सूचनाको आधारमा प्रहरीले २ सय ५० किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना सुगौली वडा नम्बर १९ का साहेब आलम, गुलाब मियाँ र एक जना नाबालक रहेका छन ।

भारतीय नम्बरको एनएल ०२ जि ३७९१ नम्बरको ट्रकमा लागू औषध गाँजा लुकाई भारत तर्फ लैजाने क्रममा परवारनीपुर आईसिपी सडकखण्ड अन्तरर्गत सिर्सियाबाट पक्राउ गरेको प्रवक्ता कार्कीले बताए ।

Leave A Reply

Your email address will not be published.