पर्साको बिन्दबासिनी बाट लागु औषध सहित एक किशोर पक्राउ

438

- Advertisement -

२ साउन २०७९, सोमवार / वीरगन्ज

पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित एक किशोरलाइ पक्राउ गरेको छ ।

 

 

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठाबाट ससशस्त्र प्रहरीले  पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ३ का मन्जित महारालाइ लागु औषध सहित पक्राउ गरेको हो ।

भारतबाट बा ५२ प ६१४६ नम्बरको मोटरसाइकलमा आइरहेका महरालाइ सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट ४५१ पिस लागु औषध बरामद गरेको हो । महराको साथबाट नाइट्रोभेट ३ सय पिस , डाइजेपाम ५१ पिस , नोरफिन ५१ पिस र फेनरागन ४९ पिस बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

लागु औषध सहित पक्राउ परेका महरालाइ आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको पोखरेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.