नक्कली छाप र दस्तखत प्रयाेग गरी ठगी गरेकाे आराेपमा एक जना पक्राउ

427

- Advertisement -

२ साउन २०७९, सोमवार / काठमाण्डौ

नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मकवानपुरको थाहा नगरपालिका ६ घर भइ अहिले ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वासुदेव अर्याललाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।

अर्यालले फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक–पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीले जनाएको छ । तिखोकलम डट कम नामक सञ्चार संस्थाको पत्रकारको परिचय पत्रसमेत रहेका अर्यालले सौरभ डङ्गोलको सवारी चालक अनुमतिपत्र फेला पारि त्यही नाम र त्यही सवारी चालक अनुमतिपत्रको प्रयोग गरि रकम निकाल्ने गरेको पाइएको छ ।

पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.