पर्साको कालिकामाई गाउँपालिकामा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप

438

- Advertisement -

३२ असार २०७९, शनिवार / वीरगंज

शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ ।

शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् ।

घाइतेहरुको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।

त्यसैगरि वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् । घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.