थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

352

- Advertisement -

३२ असार २०७९, शनिवार / काठमाण्डाै

पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ९० जनामा गरिएको परीक्षणका क्रममा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ५१ जना सङ्क्रमित निको भएका छन् । केही दिन यता कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएकाले अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १३ सय ८५ जना रहेका छन् ।

२४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

Leave A Reply

Your email address will not be published.