केपी ओली नेतृत्वको अघिल्लो सरकार हटाउनमा विदेशी शक्तिको साथ : उपेन्द्र यादव

474

- Advertisement -

३२ असार २०७९, शनिवार / काठमाण्डाै

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नु भएको हो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले नेपालको राजनीतिक कतैन कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जाडिएर आउने गरेको पनि उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो,  ‘अहिले हामीले हेरिरहेको युक्रेन र रसियाको वार जियो पोलिटिक्सकै महत्वपूर्ण प्रभावले हो । अफगानिस्तान वा श्रीलंकामा अहिलेदेखि पहिले भएका उथलपुथलहरु भू राजनीतिकै प्रभाव हो । नेपालको राजनीतिक अस्थिरता पनि भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन । देशको सार्वभौमिकताको रक्षा गर्न पनि भू राजनीतिकले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढ्नुपर्ने अध्यक्ष यादवले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.