अत्यधिक गर्मीकै कारण साउन २० गते सम्मका लागि विद्यालय बन्द

521

- Advertisement -

३२ असार २०७९, शनिवार / वीरगंज

 

वीरगंज महानगरपालिकामा साउन २० गते सम्मका लागि विद्यालय बन्द भएको छ । अत्याधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा असर परेको भन्दै विद्यालय बन्द गर्नु परेको वीरगंज महानगरपालिकाले जनाएको छ ।

 

 

महानगरले यसअघि असार २८ गतेदेखि असार ३१ गते शुक्रबारसम्म पनि गर्मी विदा दिएको थियो । साउन ८ गतेबाट वर्षे विदा उल्लेख भए पनि गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले साउन १ देखि २० गतेसम्म विदा दिने निर्णय गरिएको हो । गर्मीकै कारण साउन १ देखि १ महिनाका लागि पोखरिया नागरपालिका, बिन्दवासिनी, धोविनी र पकाहामैनपुर गाउँपालिकाले विद्यालय बन्द गरिसकेका छन् ।

 

 

Leave A Reply

Your email address will not be published.