स्रोत नखुलेको ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित एक पक्राउ

404

- Advertisement -

३१ असार २०७९, शुक्रवार / सर्लाही

 

मलंगवा नगरपालिका ८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँ सहित भारत सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा ११ बस्ने ३० वर्षीय बिजय ठाकुरलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

 

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको मलंगवा प्रहरीले  जनाएको छ ।

Leave A Reply

Your email address will not be published.