वातावरणीय प्रदुषण कम गर्न हरेक टाेलटाेलमा वृक्षारोपण गर्न वन मन्त्री यादवको आह्वान

457

- Advertisement -

३१ असार २०७९, शुक्रवार / वीरगंज

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वातावरणीय प्रदुषण कम गर्न हरेक टाेलटाेलमा वृक्षारोपण गर्न सबैलाई आह्वान गरेका छन् ।

ग्रीनसिटी सामुदायीक सेवा केन्द्र आदर्शनगरको आयोजनामा वीरगंजको आदर्शनगरमा शुक्रबार भएकाे वृक्षारोेपण तथा चौतारा उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे आह्वान गरेका हुन् ।

वृक्षारोपण गर्नु आजको आवश्यकता भएको भन्दै उनले गाउँसहर हरियाली बनाउन खाली स्थानमा बृक्षाराेपण गर्न सुझाव दिए ।

सामुदायीक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षयतामा भएको वृक्षारोपण कार्यक्रममा आप, निम गरी २ सय ५० थान बिरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रममा वीरगन्जका मेयर राजेशमान सिंह, उपमेयर ईम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति भरतपुर चितवनका प्रमुख रामहरि पन्त, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, प्रहरी नायव उपरिक्षक प्रहलाद कार्की, वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु लगायतको सहभागीता थियो ।

Leave A Reply

Your email address will not be published.