माओवादी अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान

455

- Advertisement -

३१ असार २०७९, शुक्रवार / काठमाडाैं

 

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् ।  भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा गएका प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय उच्च अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ ।

भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भारत भ्रमणको टुंगो दुई महीनाअघि नै भएको प्रष्टीकरण दिएका थिए।
“यो भ्रमण बाहिर आउँदा आकस्मिक जस्तो देखियो तर मेरो र हाम्रो पार्टीका लागि यो आकस्मिक होइन,” दाहालले प्रष्ट्याउँदै भने, “एक-दुई महीना अगाडिबाट हो। त्यतिवेला यहाँ राजदूत विनय क्वात्रा हुनुहुन्थ्यो।”

अध्यक्ष दाहालले आफ्नो भारत भ्रमण सदभावना भ्रमण रहेका बताएका छन्। भ्रमणमा नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रविन्दुमा राखेर नेपाल भारत बीचको विविध पक्षहरूमा चर्चा हुने उनले बताए।

कूटनीतिक स्रोतहरूका अनुसार प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भाजपा मुख्यालयमा शनिबार भेटवार्ता हुनेछ । प्रचण्डले शनिबार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.