महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

423

- Advertisement -

३१ असार २०७९, शुक्रवार / वीरगंज

५६ वर्षीय महिलालाई सामुहिक रुपमा पालैपालो जबरजस्ती करणी गर्ने २ किशोरलाई अषाढ २६ गते प्रहरीले पक्राउ गरेको हो ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ स्थित आफ्नै गोठ घरमा सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय र १७ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई निगरानी कक्षमा राखेर जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.