पार्टी फुटाउने षड्यन्त्र गरेकाले भट्टराईलगायत ९ जना पदमुक्त : अध्यक्ष यादव

438

- Advertisement -

३१ असार २०७९, शुक्रवार / वीरगंज

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको हित विपरित काम गर्ने तत्कालिन संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित ९ जनालाई पार्टीबाट पदमुक्त गरेको बताएका छन् ।

वीरगंजमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २ दिनसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरेकाले पनि कारबाही गरिएको अध्यक्ष यादवको भनाइ छ ।

पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचुर भएको उनको दाबी छ । पार्टीमा समस्या आफ्ना कारणले नआएको अध्यक्ष यादवले बताए ।

यस्तै अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले पार्टी नछाडेको बताएका छन् । बिहीबार सञ्चारमाध्यममा रेणु यादवले पार्टी छाडेको खबर बाहिरिएको भए पनि अध्यक्ष यादवले भने रेणुले पार्टी नछाडेको दावी गरेका हुन् । उनले भने, ‘रेणु जीले एकछिनको आक्रोस र भडास निकाल्नु भएको हो, पार्टी नै छाड्नु भएको छैन ।’

अध्यक्ष यादवले आउदो निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट तीतो अनुभव बटुलेको भए पनि अहिलेको आवश्यकता बमोजिम संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिन आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.