प्रदेश १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने , लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिको चेतावनी

प्रदेश १ को नाम 'लिम्बूवान किराँत' नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ।  बिहीबार समितिले ताप्लेजुङ सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिचानका आधारमा नामाकरण नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। 

316

- Advertisement -

३० असार २०७९, बिहिवार / ताप्लेजुङ

प्रदेश १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ।

बिहीबार समितिले ताप्लेजुङ सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिचानका आधारमा नामाकरण नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

संयुक्त संघर्ष समितिका १६ घटकहरूले संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भएबमोजिम पहिचानमा आधारित प्रदेशका नामहरू सुनिश्चित हुनुपर्ने भएपनि त्यसको विपरित ७ वटा प्रदेशको नाम घोषणा भएकोमा विमति जनाएका हुन्।

किराँत याक्थुङ चुम्लुङको समन्वयमा आगामी साउन ५ गते विराटनगरमा बृहत प्रर्दशन गर्ने किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोले जानकारी दिइन्।

 

Leave A Reply

Your email address will not be published.