२० लाख नगद रकम सहित २ जना भारतीय पक्राउ

प्रहरीले हुण्डी कारोबारको अभियोगमा २० लाख नगद रकम सहित २ जना भारतीयलाई पक्राउ गरेको छ ।

118

- Advertisement -

२९ असार २०७९, बुधवार /वीरगंज

प्रहरीले हुण्डी कारोबारको अभियोगमा २० लाख नगद रकम सहित २ जना भारतीयलाई पक्राउ गरेको छ ।

सिमावर्ती भारतको रक्सौलबाट नेपालको वीरगंजतर्फ आउँदै गरेको वि आर ०५ यु ३५०० नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल रोकी चेकजाँच गर्दा दुवै जनाले लगाएको पाइन्टको दुवै खल्ती, कम्मर पेटीमा पटुका बाँधी र हेलमेटको भित्री भागमा लुकाई छिपाई ल्याईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारतको विहार पुर्वी चप्कारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० का २८ वर्षिय संजित कुमार र सोही स्थानका २४ वर्षिय अनुराग मिश्र रहेका छन् ।

 

 

Leave A Reply

Your email address will not be published.