विशेष समितिले आजबाट अर्थमन्त्रीमाथि छानबिन थाल्ने

अर्थमन्त्री जनार्दन शर्मामाथि लागेका आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट काम थाल्ने भएको छ । असार २२ गते संसद्‌मा बनेको ११ सदस्यीय छानबिन विशेष समितिले आजबाट कार्याप्रारम्भ गर्ने भएको हो ।

96

- Advertisement -

२८ असार २०७९, मंगलवार / काठमाडौँ

 

अर्थमन्त्री जनार्दन शर्मामाथि लागेका आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट काम थाल्ने भएको छ । असार २२ गते संसद्‌मा बनेको ११ सदस्यीय छानबिन विशेष समितिले आजबाट कार्याप्रारम्भ गर्ने भएको हो ।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न विशेष समिति गठन गरिएको थियो । यसअघि २४ गते सभामुख अग्निप्रसाद सापकोटाले समितिको बैठक बोलाएर कार्यदिशा दिएका छन् । आज बस्ने बैठकले समितिको सभापति छान्ने र कार्यविधिसमेत बनाउने समितिकी सदस्य सरलाकुमारी यादवले जानकारी दिइन् ।

त्यसपछि २/३ दिनभित्र काम सकाउनेगरी कार्य गर्ने समितिले जनाएको छ । समितिको कार्यअवधि १० दिनको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालय छिराएर करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्माले २२ गते नै राजीनामा दिएका छन् ।

Leave A Reply

Your email address will not be published.