भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

रुकुम पश्चिममा देवरले भाउजुमाथि खुकुरी प्रहार गरेका छन् ।

136

- Advertisement -

२८ असार २०७९, मंगलवार / रुकुम पश्चिम

रुकुम पश्चिममा देवरले भाउजुमाथि खुकुरी प्रहार गरेका छन् ।

जग्गाको अंशबन्डामा विवाद हुँदा त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीय भाउजु दिलसरा बोहरा खड्कामाथि खुकुरी प्रहार गरेका हुन् ।

भाउजुमाथि खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले  बताउनुभयो । घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई पक्राउ गरिएको थियो ।

घाइते दिलसराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि सोमवार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको छ ।

Leave A Reply

Your email address will not be published.