पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरी : ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरुको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ ।

114

- Advertisement -

२८ असार २०७९, मंगलवार / काठमाडौं

 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरुको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ ।

‘मैले नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रुपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिबिहीन मानवका रुपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रुपमा चिनिएका अध्यक्ष ओलीले भन्नुभयो, ‘असल नियतले काम गर्दागर्दै, विशाल र एकीकृत नेकपा बनाउने सफलता हासिल गर्दागर्दै पनि त्यो एकता जोगाउन नसकेको म स्वीकार गर्छु ।’

एमालेकै केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार राजधानीमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तक्रियामा ओलीले सम्भवतः पहिलो पटक आफ्नो भागको कमजोरी स्वीकार गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.