टिपरभित्रै १७ वर्षीया किशोरी बलात्कृत

दोलखाबाट काठमाडौँ आएकी एक किशोरी टिपरभित्रै बलात्कारको शिकार भएकी छन् । १७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका ८ का ३२ वर्षीय ज्ञानबहादुर नेपालीले बलात्कार गरेको जाहेरी परेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

113

- Advertisement -

२८ असार २०७९, मंगलवार / काठमाडौँ

दोलखाबाट काठमाडौँ आएकी एक किशोरी टिपरभित्रै बलात्कारको शिकार भएकी छन् । १७ वर्षीया किशोरीलाई दोलखा गौरीशंकर गाउँपालिका ८ का ३२ वर्षीय ज्ञानबहादुर नेपालीले बलात्कार गरेको जाहेरी परेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

गत शुक्रबार दोलखाबाट टिपरमा आएकी किशोरीलाई टिपर चालकले थानकोट पुर्‍याएर राति करिब १० बजे टिपरभित्रै बलात्कार गरेका हुन् । किशोरी काठमाडौँको गौशालामा बसेर पढ्दै काम पनि गर्छिन् । उनलाई टिपरमा तेल सकियो भन्दै थानकोट डिपो नजिकै पुर्‍याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । निगमको थानकोट डिपो जाने बाटोको छेउमा पार्किङ गरेर गाडीको सहचालकलाई गाडीको टायर चेक गर्नु भन्ने बाहानामा गाडीबाट बाहिर पठाएका थिए ।

सहचालकलाई बाहिर पठाएर टिपरको ढोका बन्द गरेको र आफूलाई बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ । बलात्कारपछि उनी टिपर त्यहीँ छाडेर फरार भएका थिए । थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण तथा उपचारका लागि प्रसूति गृह अस्पताल थापाथली लगेको थियो ।

बलात्कारपछि फरार भएका चालकलाई कलंकीबाट पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए । उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतले अनुमति दिएको छ ।

Leave A Reply

Your email address will not be published.