मंसिर ४ या ५ गते संघ र प्रदेशको चुनाव हुने : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने बताएका छन्।

74

- Advertisement -

२७ असार २०७९, सोमवार / काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने बताएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

उनले ललितपुर क्षेत्र नम्बर-२ मा आज आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताएका हुन्।

उनले स्थानीय तहको निर्वाचनमार्फत केही कुरा सिकेर आगामी निर्वाचनमा अझ बढी सचेत भई लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

अब निर्वाचन मिति घाेषणा हुन हप्ता दिनमात्र बाँकी रहेकाले मतदाता नामावली संकलनको काममा तीव्र रूपमा लाग्न उनले आफ्ना कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।

 

Leave A Reply

Your email address will not be published.