गृहमन्त्री खाण र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल

गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

74

- Advertisement -

२७ असार २०७९, सोमवार / काठमाण्डाै

गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

भेटमा सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा छलफल भएको बुझिएको छ । यसअघिको संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउँदैछ ।

नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गराउन गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दौडधुपमा छन् ।

सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा यो विधेयक पारित गराउने तयारी गरेको छ । आउँदाे मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गराउनुपर्ने भएकाले चुनावको मिति घोषणाअघि नै विधेयक पारित गर्न सरकारले तयारी थालेको छ ।

Leave A Reply

Your email address will not be published.