वीरगंजमा द बर्गर एण्ड क्रन्ची फ्राइड चिकेन हाउस सञ्चालनमा

123

- Advertisement -

२६ असार २०७९, आइतवार / वीरगंज

स्वच्छ वातावरणमा स्वस्थ खाना खाने स्थानको अभावलाई मध्यनजर गर्दै वीरगंजमा द बर्गर एण्ड क्रन्ची फ्राइड चिकेन हाउस सञ्चालनमा आएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ६ लाठगल्लीमा शनिवारदेखि द बर्गर हाउस सञ्चालनमा आएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता र जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बर्गर हाउसको सयुँक्त रुपमा उद्घाटन गरेका हुन् ।

बर्गर हाउसको उद्घाटन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ताले बर्गर हाउसले वीरगञ्जको व्यावसायिक क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । सुलभ मूल्यमा स्वस्थ र गुणस्तरीय खाना एवम् खाजा खान पाउने वातावरणको सृजना भएको भन्दै डा. गुप्ताले खुशी व्यक्त गरेका छन् । अत्याधुनीक एवम् सुविधा सम्पन्न बर्गर हाउसले लामो समयसम्म सुस्ताएको होटल व्यवसाय चलायमान बनाउन सघाउ पुग्ने अध्यक्ष डा. गुप्ताको भनाई छ ।

Leave A Reply

Your email address will not be published.