नवलपरासीमा ट्रकसहित २० हजार ८ सय ९४ केजी चिनी बरामद

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्ने चिनीलाई प्रहरीले नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ। पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि वास्ता नगरिएको समाचार अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित भएपछि प्रहरीले सक्रियता बढाएको हो। 

79

- Advertisement -

२६ असार २०७९, आइतवार / परासी

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्ने चिनीलाई प्रहरीले नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ। पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि वास्ता नगरिएको समाचार अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित भएपछि प्रहरीले सक्रियता बढाएको हो।

प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनीसहितका अवैध सामान बरामद हुन थालेका हुन्। आइतबार बिहान मात्र ट्रकमा लोड गरी लैजादै गरेको तस्करीको चिनीलाई प्रहरीले बर्दघाटको टिसिएन चोकबाट बरामद गरेको हो।

ना ६ ख २३८८ नंम्बरको ट्रकमा लोड गरी चितवनतर्फ लैजान लागेको ४ सय १८ बोराको चिनीको तौल २० हजार ८ सय ९४ केजी छ। जसको मूल्य १२ लाख ५३ हजार कायम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए।

बरामद भएको ट्रकसहितमा मालवस्तु आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

नवलपरासीमा ट्रकसहित १२ लाखको चिनी बरामद

 

Leave A Reply

Your email address will not be published.