जीतपुरका २५ वर्षीय राहुलले अझै पाएनन् नागरिकता

नागरिकता लिन राहुल कसरी बन्चित भए ? बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सकेका छैनन्। बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले नपाउँदा राज्यले फरक व्यवहारको गरेको अनुभवले राहुललाई सताइरहन्छ ।

77

- Advertisement -

२६ असार २०७९, आइतवार / बारा

बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सकेका छैनन्। बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भए पनि आफूले नपाउँदा राज्यले फरक व्यवहारको गरेको अनुभवले राहुललाई सताइरहन्छ ।

कामका क्रममा ३३ हजार भोल्टको करेन्टले उनका दुवै हात गुमेका छन् । सबै कागजात जम्मा पारेर नागरिकता माग गर्दा पनि नपाएपछि साहलाई अपाङ्गता भएकैले राज्यसंयन्त्रबाट फरक व्यवहार गरेजस्तो लाग्छ । नागरिकता भएकाले परिवारका सबै सदस्यको मतदाता नामावलीमा नाम समावेश छ । राहुलले भने नागरिकता नपाएकैले २५ वर्ष पूरा हुँदा पनि मतदान गर्ने अवसर गुमाउँदै आएका छन् ।     
नागरिकता बनाउनका लागि कुरा राख्दा केही जनप्रतिनिधिले उनलाई मत खसालेको छ ? भन्ने प्रश्न पनि गर्ने गरेका छन् ।

संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप संशोधन नहुँदा राहुलजस्ता करिब १० लाखले नागरिकता पाउन नसकेको आज महिला, कानून र विकास मञ्चले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा जानकारी गराइएको छ ।

नागरिकता नहुँदा चिकित्सा शिक्षा, इञ्जिनीयरिङलगायत महत्वपूर्ण विषय पढ्न नाम निकालेका युवाले अवसर गुमाउँदै आएको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए । संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने व्यवस्था भएपनि त्यसअनुसार कानून नबन्दा धेरै युवा, युवती अहिले तनावमा बाँच्न बाध्य छन् । संविधानको धारा ३०४ मा सबै कानूनलाई संविधान जारी भएको एक वर्षभित्र संविधानसँग नबाझिने गरी कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिए पनि कार्यान्वयन नहुँदा धेरै नेपालीले आम नागरिक हुनुपर्ने अवस्था आएको हो ।

Leave A Reply

Your email address will not be published.