पत्रकार संतोष साहलाई ज्यान मार्ने धम्की प्रति समाजवादी प्रेस संगठन नेपाल पर्सा द्वारा खेद प्रकट

77

- Advertisement -

२२ असार २०७९, बुधवार / वीरगंज

 

नेपाल पोष्ट डेली दैनिकका उप सम्पादक संतोष साहलाई ज्यान मार्ने धम्की आएको छटना प्रति समाजवादी प्रेस संगठन नेपाल पर्साले खेद प्रकट गरेको छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साले एक प्रेस बिज्ञप्ती प्रकाशित गरी घटना प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष मनोज पटेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा दोषी माथी कडा कारवाहीको माग गरिएको छ ।

बिज्ञप्तीमा समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचार खोज्नु पर्नेमा पत्रकारमाथि यसप्रकारले प्रस्तुत हुनु निन्दनीय र प्रेसविरोधी काम रहेको उल्लेख गरिएको छ । संगठनले यस्ता प्रेसविरोधी घटना नियन्त्रणमा गम्भीर भई पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्नुको साथै पिडकलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.