धनुषामा भारतबाट बोरामा आलुसँगै स्रोत नखुलेको ८३ लाख बरामद

87

- Advertisement -

 

२२ असार २०७९, बुधवार / धनुषा

भारतबाट बोरामा आलुसँगै स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका १ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।
ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए । बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.