झापामा पाँच दिनमा २ हात्ती मृत फेला

78

- Advertisement -

२२ असार २०७९, बुधवार / विराटनगर

झापामा पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत भेटिएका छन् ।

असार १७ गते बुद्धशान्ति गाउँपालिका ५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो । बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो ।

दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो ।

हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यसअघि मृत भेटिएको हात्तीको मृत्युको कारण पनि खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.