अर्थमन्त्रीमाथि उठेका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्छ : पूर्णबहादुर खड्का

90

- Advertisement -

२२ असार २०७९, बुधवार / काठमाण्डाै

 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्न माग गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनु भएको छ ।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलार्ई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’ उहाँले लेख्नु भएको छ  ‘विगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ ।’

अर्थमन्त्री जनार्दन शर्मामाथि संसदमा बजेट प्रस्तुत गर्नु अघिल्लो मध्यराति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर नै हेरफेर गरेको आरोप लागेको छ । यस पछि अर्थ मन्त्रालयको सिसिटीभि फुटेज पनि नभएको जवाफ दिए पछि उहाँको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अर्थमन्त्री हटाउन दबाब परेको छ । तर, सत्ता गठबन्धनका कारण देउवा मौन रहेपछि उहाँकै पार्टीका नेताहरुले विरोध गर्न थालेका छन् ।

Leave A Reply

Your email address will not be published.