अछामका विनोद शाही मृत्यु प्रकरणः पीडित पक्ष र प्रहरीबीच झडप, १४ जना घाइते

95

- Advertisement -

 

 

 

२१ असार २०७९, मंगलवार / बाजुरा

अछामको पञ्चदेवल विनायक ४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ। झडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन्। विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो।

प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा गर्दा १४ प्रहरी घाइते भएको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा घाइते भएका प्रहरीमध्ये ६ जनाको हात, खुट्टा, घुँडा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

सोमबार सरकारी वकिल कार्यालयबाट जिल्ला अदालतमा फाइल पेस गर्न जाने बेला प्रर्दशनकारीले वकिल कार्यालय र जिल्ला अदालतमा ढुङ्गा प्रहार गर्दा स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी घाइते भएका हुन्। सरकारी वकिल कार्यालय जिल्ला अदालतमा भएको ढुङ्गा प्रहार गर्ने प्रर्दनकारीलाई नियन्त्रणमा लिन प्रहरील २४ सेल अश्रुग्याससमेत प्रहार गरेको प्रहरी निरीक्षक विष्टले बताए।

Leave A Reply

Your email address will not be published.