जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

नयाँ मन्त्रीको शपथ आजै

97

- Advertisement -

 

२० असार २०७९, सोमवार / काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागीमध्ये तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका नेता प्रमोद कुमार गुप्ताले जानकारी दिनुभयो । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् ।
राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपाका नेताहरुले बताएका छन्। नयाँ मन्त्रीहरूको शपथ ग्रहण सम्भवतः आजै हुने पनि उहाँले जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.