केएमसी र मृतक रमाको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

80

- Advertisement -

२० असार २०७९, सोमवार / काठमाडौँ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

केएमसी स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी रमा रायमाझीको परिवार र केएमसी स्कुलबीच सहमति भएको छ। शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी साेही स्कुलमा कार्यरत रमाको परिवारले उनको हत्या भएको भन्दै शव बुझ्न मानेका थिएनन्।

आइतबार बिहानैदेखि रमाको परिवार र आफन्तले स्कुल प्रशासन घेराउ गरेपछि त्यहाँको अवस्था तनावपूर्ण थियो। प्रहरीले स्कुल प्रशासन र मृतकपक्षबीच सहमतिको प्रयास बिहानैदेखि गरिरहेको भएपनि साँझमात्र वार्ता गरी दुवै पक्षबीच सहमति जुटेको हो।

आइतबार साँझ भएको वार्तामा मृतकको परिवारलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति दिइने र स्कुल प्रशासनले रमाको मृत्युबारे निष्पक्ष रूपमा छानबीनको लागि सघाउने सहमति भएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।

Leave A Reply

Your email address will not be published.