वीरगञ्ज महानगरपालिकाले आज स्वेत पत्र जारी गर्दै

72

- Advertisement -

वीरगञ्ज महानगरपालिकाले आज स्वेत पत्र जारी गर्न लागेको छ । महानगरकाे नेतृत्व लिँदै गर्दा वीरगञ्जकाे अवस्था कस्ताे थियाे भनेर नगरवासीलाई जानकारी दिन स्वेत पत्र सार्वजनिक गर्न लागिएकाे हो ।

वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहकाे सचिवालयका अनुसार महानगरपालिका नयाँ नेतृत्व निर्वाचित भएपछि गएकाे जेठ २३ गते बसेकाे पहिलो बोर्ड बैठकले महानगरको अवस्था बारे जानकारी गराउन स्वेत पत्र जारी गर्ने निर्णय गरेकाे थियाे ।स्वेत पत्र तर्जुमाका लागि महानगरपालिकाले पुँजीगत बजेटमा विद्यावारिधी गरेका अर्थविद् डा.दिपेन्द्र चाैधरीकाे संयाेजकत्वमा ७ सदस्यिय समिति पनि गठन गरेको थियो ।

समितिले स्वेतपत्र तयार गरी केही दिन अघि महानगर प्रमुखलाई हस्तान्तरण गरेसँगै महानगरकाे शनिबार बसेकाे बाेर्ड बैठकले आइतबार स्वेतपत्र सार्वजनिक गर्ने निर्णय गरेकाे हाे ।

स्वेत पत्र महानगरपालिकाको सभाहलमा आइतबार अपराहन्न ३ बजे सार्वजनिक गरिने कार्यक्रम रहेकाे छ ।

Leave A Reply

Your email address will not be published.