लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु : मधेशी आयोगका अध्यक्ष दत्त

85

- Advertisement -

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको २५० वर्षभन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेश प्रदेशका जिल्लाहरुको अनुगमनको क्रममा रहेका अध्यक्ष दत्तले आज बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा पूर्वउपराष्ट्रपति परमानन्द झासहित मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीहरुसँगको भेटमा सो प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.