तातोपानी नाकामा आयात प्रभावित

असार महिनाको सुरुवातबाटै नाका प्रभावित

24

- Advertisement -

अबिरल झरीले जमिन भासिने र ठाउँठाउँमा पहिरो खसेर कोदारी सडक अबरुद्ध हुने गरेकोले असार महिनाको सुरुवातबाटै नाका प्रभावित भएको हो । सडककाे समस्याले तातोपानी नाका केही दिनयता प्रभावित भएको छ ।

सडक डिभिजन कार्यालय चरिकोटलाई गत वर्षदेखि नै स्थानीय सरकार, तातोपानी भन्सार र सीमावासीले जीर्ण कोदारी सडक बनाउन पटकपटक आग्रह गरेका थिए । यद्यपि, सडक डिभिजनले बजेट पठाउन आनाकानी गर्ने र रकम पठाए पनि बर्खामासमा काम गर्ने परिपाटी बसालेकोले सडक मर्मत ‘बालुवामा पानी’ भएको छ ।

बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडकखण्ड सबैभन्दा बढी कोदारी क्षेत्रमा बिग्रिएको छ । तलबाट भोटेकोसी नदीले तान्ने र माथिबाट जमिन भासिँदै जाने कमजोर भूगोल भएकोले असारयता खासाबाट सुख्खा बन्दरगाह लार्चा आउने चिनियाँ ट्रेलर सीमामा रोकिएका छन् । भासिएको सडक बनाउन दैनिक एक्स्काभेटर चलाउँदा कोदारी गाउँ जोखिममा परेको छ ।सखुवा, बसेरी, झ्यालेभिरलगायत क्षेत्रमा पहिरो गइरहने भएकोले सडकयात्रा अतिजोखिमपूर्ण छ ।

Leave A Reply

Your email address will not be published.