कार्यालय सहयोगी पदका कर्मचारी अब सीपका आधारमा सवारीचालक पनि बन्न पाउने

कार्यालय सहयोगी सवारीचालकमा ‘डाइभर्ट’ हुन पाउने

73

- Advertisement -

१९ असार २०७९, आइतवार श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारी अब सीपका आधारमा सवारीचालक पनि बन्न पाउने भएका छन् । मन्त्रिपरिषद्को १४ असारको बैठकले ‘ ती कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने’ निर्णय गरेसँगै चालक बन्ने बाटो खुलेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कार्यालय सहयोगीमा स्थायी नियुक्ति लिएकाहरूले सीपका आधारमा पद परिवर्तन गरेर सवारीचालक बन्न पाउनेछन् । ‘स्थायी कार्यालय सहयोगीमा नियुक्त भएका तर सवारीचालक अनुमतिपत्र भएकाहरूले यो अवसर प्राप्त गर्न पाउनेछन्,’ उनले भने, ‘त्यसका लागि लोकसेवा आयोगले सीप परीक्षणको परीक्षा लिनेछ । त्यहाँबाट उत्तीर्ण हुनुपर्छ ।

सवारीचालक अनुमतिपत्र पनि भएका एक कार्यालय सहयोगीले पुनरावेदन अदालत पाटनमा सेवा समूह र पद परिवर्तन गर्न पाउनुपर्ने माग राख्दै रिट दायर गरेका थिए । पुनरावेदन अदालतले सीपका आधारमा सवारीचालक पदमा परिवर्तन गर्न दिनू भनेर आदेश दिएपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.