बिकसित गाऊँपालिकाको रुपमा पालिकालाई बनाएर देखाउने छू । अध्यक्ष मेहता

2,054

- Advertisement -

 


पकाहामैनपुरपकाहामैनपुर गाऊँपालिका अन्तर्गत पर्ने पुरै गाऊँलाई जिल्ला कैनमुना गाऊँ बनाउने मेरो योजना रहेको उक्त गाऊँपालिकाका अध्यक्ष सुरेस प्रसादमेहताले बताउनु भएको

गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित भएको आज १३ / १४ दिनपछि हामीसंग कुरा गर्दै नेपाली कांग्रेसका नेतासमेत रहनुभएको अध्यक्ष मेहताले गाऊँपालिकामा शिक्षा ,स्वास्थ्य कृषिलाई अग्र भागमा राखेर काम गर्ने बताउनुभएको उहालेगाऊँपालिकामा दैनिया बनेको शिक्षाको पहुचलाई बिस्तार गरी सुलभ सरल तरिकाले गरिब , अल्पसंखयक तथा गाऊँपालिकामापिछडिएका बर्ग सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो

गाऊँपालिकाका हरेक वडा कार्यालयमा सेवाग्राहीले प्रष्ट देख्ने बुझने गरि नागरिक वडापत्र राखिने यसका साथै जनताको गुनासोसिधै सम्म पुग्ने गरि हरेक वडामा संयन्त्र निर्माण गर्ने योजना रहेको बताउनूँ भयो

त्यसैगरी स्वास्थ्य चौकीमा भएको औषधि समेत स्थानीय जनतालाई पाउन गाह्रो भईरहेको हुदा स्वास्थ्य संस्थामा आफै बेलाबेलामाअनुगमन गर्ने सहज तरिकाले गाऊँपालिकाका स्वास्थ्य चौकीका सेवा प्रवाहको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो

गाऊँपालिकाका अधिकांस गाऊँबासीले तरकारी खेति गर्ने भएकाले मेरो गाऊँपालिकामा पर्ने जति कृषकको लागी कृषिमाआधुनीकरण गर्ने कृषि उब्जलाई पालिका बाहिरका तरकारी व्यापारी संग समन्वय गरी गाउँ मै तरकारी बिक्रि बितरण गर्नेबाताबरण तयार गर्ने योजना रहेको मेहताले बताउनुभयो

पालिका स्तरमा विभिन्न प्रकारका रोजगार सम्बन्धि तालिमको आयोजना गरी पालिकाका महिलालाई तालिम दिएर सिप सिकाउने सिकेक सीपलाई पालिकाबाट आर्थिक सहयोग गरी घरेलु तथा साना उद्योग चलाउन पहल गर्ने बताउनुभयो

बिद्यालय बालबालिकाको लागी बिद्यालय उपरान्त खेल सामग्री उपलब्ध गराई उनीहरुको शारीरिक तन्दुरुस्तीको लागी रुख मुनिकोशितल छहारी भएको जघामा खेलमैदानको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनुभयो त्यसै अरु पनि धेरै योजना बनाएको छु जुन योपालिकाको मुहार नै फेर्ने उहाले भन्नुभयो अन्त्यमा मेहताले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त रहनगाऊँपालिकाबासीमा आग्रह गर्नु भयो।

Leave A Reply

Your email address will not be published.