वीरगंजको मेयर पदमा गिरिले उम्मेदवारी दिने वितिकै एउटा छुटै तरंङ्ग

45

- Advertisement -

वीरगंज १२ बैशाख ।

अहिले देशनै चुनावमय भएको छ । पुरै देशको आखा आर्थिक नगरी वीरगंजमा निरन्तर अडेको छ । चुनावी रहर सुरु भएदेखि नै वीरगंजमा एमाले—लोसपा गठबन्धनका मेयर पदका उम्मेदवार विजय कुमार सरावगी र पाँच दलिय गठबन्धनका उम्मेदवार राजेशमान सिंह सहित मात्र दुई जनाको  चरचा परिचरचा रहेको थियो ।

तर निर्वाचन आयोगले स्थानिय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता शुरु गरे संगै तोकिएको उम्मेदवारी मनोनयन दर्तामा राष्ट्रिय प्रजातन्त्र पार्टी को तर्फ बाट पत्रकार गिरिस गिरीले  वीरगंजको मेयर पदमा उम्मेदवारि दर्ता गराए संगै वीरगंजमा एउटा छुटै लहर छाएको छ ।

पत्रकार गिरी एउटा शिक्षित, समाजिक र विकाश प्रमी व्यतिm हुन । उनि सामाजिक क्षेत्र, राजनितिक क्षेत्रसिहत पत्रकारिता मार्फत देश र जनताको सेवा गर्दै आएका गिरीसंग वीरगंजको विकास कसरी गर्नु पर्छ भनि राम्रो भिजन रहेको छ ।

जनलहरमा गिरीको चरचा परिचरचा ठुलो जोर सोरका साथ सुरु भएको छ ।  गिरी मेयर पदमा निर्वाचित भए वीरगंजले एउटा योग्य, ईमान्दार र विकासप्रेमि मेयर पाउने छन भनि चरचा सुरु भएको छ ।

पत्रकार गिरी वरिष्ठ पत्रकार तथा पूर्व मेयर स्व. गोपाल गिरीका जेठा छोरा हुन । २०६० साल मा छोटो समयमा स्व. गोपाल गिरी वीरगंजका मेयर भएका थिए । उनी जनताले भोग्नुपरको समस्या तत्काल समाधान गरर्थे र वीरगंजमा उहाँले गरेको विकाशको कामहरु हामिले मज्जाले हेर्न सक्छौ । उँहाको वीरगंज प्रतिको भिजन अधुरै रहयो, जब पदमै  रहदा तत्कालीन माओवादीले उनको हत्या गरिदिए ।

Leave A Reply

Your email address will not be published.