क्राईमको संरक्षण : पर्सामा प्रहरी कै मिलोमतोमा खुल्लेयाम तस्करी हुदै ।

68

- Advertisement -

वीरगन्ज  : पछिल्लो समय पर्सामा विभिन्न नाका भएर खुल्लेयाम तस्करी भईरहेको पाएको छ । सिमा नाकामा चोरी तस्करी गतिविधि बढुको छ । प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको छ । प्रहरी कै संरक्षणमा पर्साको विभिन्न नाका भएर खुल्लेयाम हुण्डी, सुन–चाँदी, मरिच, केराउ, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भईरहेको स्थानीयबासीले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साले अपराध र तस्करी नियन्त्रणका लागि भन्दै टाइगर टोली, मोबाइल टोली लगायत विभिन्न टोली खटाएको दावी गर्छ । तर ती सबै टोली तस्कर र तस्करसँगको मिलेमतोमा तस्करीको बाटो खोल्ला गर्ने  ग लाईन क्लियर गर्न खट्ने गरेको जानकारहरु बताउँछन ।
स्रोतका अनुसार पर्साका क्राईम शाखाका प्रमुख विनोद सिंह ठकुरीको संरक्षण पर्साको ग्रामिण नाकाबाट विहान, दिउँसो र रातीको समयमा लत्ताकपडा, कवाडी, पेट्रोल–डिजेल र रक्सीको व्यापक तस्करी भईरहेको छ । स्रोतका अनुसार प्रहरी नायब निरिक्षक ठकुरीले यस्ता गतिविधि बाट मासिक रुपमा नजराना लिदै आएको पनि तथ्य उजागर भएको छ । प्रहरी कै संरक्षणमा अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली छाएको हो ।
सिमावर्ती नाकाबाट दैनिक करोडौंको राजस्व दोहन गरी त्यसबावपतको केहि हिस्सा प्रहरी प्रशासनलाई बुझाउने पुरानो परम्परालाई प्रहरीले निरन्तरता दिएको स्रोतको दावि छ । प्रहरीले अवैध कारोबारीलाई प्रोत्साहन गरेर जनताको शान्ति सुरक्षामा असर पार्न खोजेको कतिपय वुद्धिजिविहरुको भनाई छ । सुरक्षा नीति अघि बढाएर शून्य तस्करी तथा अपराधिक गतिविधिमा जनशक्ति परिचालन गर्नुपर्नेमा पर्सा प्रहरी उदासिन बनेको छ । तसर्थ यस बिषयमा जिल्ला प्रहरी प्रमुख लगायत माथिल्लो निकायको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.