पुर्व डि.आई.जी.को भ्रष्ट्रचार बिरुद्वको अभियान रमेश खरेलको सुशासन पार्टी र नेपाली मानसिक्ता पार्ट–२

53

- Advertisement -

नेपाल प्रहरीका पुर्व प्रहरी महा निरिक्षक (डि.आई.जी) रमेश खरेलले देशमा भ्रष्ट्रचार अन्त्य गरेर सुशासन स्थापना गर्न भन्दै नेपाल सुशासन पार्टी घोषणा गर्नु भएको छ । खरेल सरको टिमको अगाडी अवसर भन्दा चुनैती बढी छन् ।

देशमा ब्याप्क भ्रष्ट्रचार, नातावाद, कृपावाद, क्षेत्रवाद, जातीवाद लगायत धेरैनै बिसंगती र बिकृची ब्याप्त छ । नेपालको राजनितिमा भ्रष्ट्रचार छ भनिन्छ तर बस्तवमा भन्नु पर्दा भ्रष्ट्राचारले राजनीति चलाईराखेको छ । देश र जनतालाई ठगी गर्ने ठुलो–ठुलो ठेक्दार राजनीतिमा आएर पद र प्रतिष्ठा प्राप्त गरेका छन् । गुण्डा, तस्कर, भ्रष्ट्राचारिहरु पनि नेता भएका छन् त्यस्तै ब्यतीहरुको बैशाखी टेकेर राजनैतिक दलका नेताहरु आफ्नै राजनैतिक रोटी सेकी रहेका छन् । यस्तो वर्तमान परिस्थितिमा खरेल सरले नेपाल सुशासन पार्टी घोषणा गर्नु भएको छ । र त्यस्ले आफ्ने लक्ष्य उदेश्य अनुसार कतिको प्रतिफल प्राप्त गर्ने छ र भ्रष्ट्र मानसिक्ता भएका नेपाली जनताले उहालाई कतिको साथ र सहयेग गर्ने छन् त्यो भने आउदा दिनमा जिवन रहे पक्कै पनी देख्न पाईने नै छ ।

याहा उल्लेख गर्न के खोजिएका के छ भने यस पंतिकारले रमेश खरेल पर्साको प्रहरी प्रमुख भएर आए पछि सामाजिक सुधार र सुशासनको लागी सहकार्य गर्ने अवसर पाएकोे थिए । त्यतिखेर बीरगंजमा अपराधिक क्रियाकलाप ब्याप्क थियो । चाोरी तस्करी संस्थागत थियो । लागुऔषद्यको ओसार पसार र बिक्रि बितरणको बीरगंज प्रमुख स्थान बनेको अवस्था थियो असुरक्षाका कारण उद्योगी ब्यापारिहरु अनत्रे पलायन भईरहेको अवस्था थियो । त्यतिखेर लाग्द थियो देशमा सरकार, ऐन कानुन छैन जस्तो साधुलाई सुली र चोरलाई चौतारी भनेको जस्तो अवस्था थियो त्यती खेर यस पंतिकारले स्थानिय जनता र नेपाल प्रहरीको संयुत्त सहभागितामा गठित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मार्फत जनतालाई आफ्नो योग्यता क्षमता अनुसार योगदान प¥याउदै आएको थियो । तत्कालिन समाजिक परिवेशले यस पंतिकारलाई निराश बनाएको थियो भने सहयोगीहरुले स्रोत साथ छाडेदै गएको अवस्था थियो । एक्लो सिपाई यस्तो अवस्थामा कहिले सम्म टिकेर बस्न सकथ्यो होला तर त्यसै समयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख भएर रमेश खरेल आउनु भयो र उहाको बोली वचन र कार्यशैली बाट यो. पंतिकारलाई पनी उर्जावान बनायो पर्सा जिल्ला कार्यरत इमानदार प्रहरी कर्मचारीहरुमा जोस र जांगर थपिदियो भ्रष्ट्रचारी प्रहरीहरु मुख लुकाएर हिडन थाले तस्करी तन्त्र बिस्तारै ओरालो लाग्दै गयो चोरी, डकैती, अपहरण, बलात्कार जस्ता जघन्य अपराधहरु पनी नियन्त्रण हुदै गयो । बीरगंज महा नगरमा लुकिछिपि बसेका भारतीय अपराधिहरुको भागम भाग भयो । अज भन्नु पर्दा राजनैतिक आवरणमा अपराध गर्ने कथित नेताहरु समेत बीरगंज छोडेर भाग्नु पर्ने अवस्था सृजना भयो । यसमा एउटा स्मरण्यि घटना के पनी छ भने बीरगंजका हिन्दु युवा संघका अध्यक्ष कासिनाथ तिवारीको हत्याराहरु पक्राउ परेका थिएनन । खरेलकै पालामा हत्यामा संलगन ब्यतीहरु पक्राउ परे सो हत्या काण्डको प्रमुख योजनाकार तत्कालिन भुमिसुधार मंत्री तथा ने.क.पा.(माओवादी) का नेता प्रभु साह रहेका खुलासा भयो ।

खरेलले सबै अरोपित बिरुद्व मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अगाडी बढाउन तत्कालिन प्रधानमंत्री डा. बाबुराम भट्टराइले मंत्री प्रभु साहको नाम हटाएर मुद्दा चलाउन ठाडो निर्देशन दिदा खरेलले मनेनन कानुनले जे भन्छ त्यही गर्छु हजुरको निर्देशन मान्दिन भनेर जवाफ दिए । तत्कालिन प्रहरी महा निरिक्षक मार्फत खरेरलाई आफ्नो कार्यकक्षमा झिकाएर डा.भट्टराईले प्रभु साहको नाम हत्या मुद्दाबाट हटाउन भने । उन्ले प्रभु साहको नाम मुद्दा बाट नहटाए पनी जिल्ला महान्यायधिवत्ताले प्रभु साहको नाम हटाएर मुद्दा चलाए । यो एउटा प्रतिनिधी घटना मात्र हो यस्ता थुर्पै घटनाहरु छन जस्मा शक्ती केन्द सामु खरेल झुकने कानुन सहमत ढगंले देश र जनताको सेवा गरेका थिए । तत्कालिन गृहमंत्री बिजय कुमार गच्छेदारले रमेश खरेल जस्तो एस.पि ७५ जिल्लामा आवश्यक रहको बताएका थिए । खरेल प्रहरी संगठनको प्रमुख बन्ने सच्चा हकदार थिए तर उनलाई तत्कालिन सरकारले प्रहरी महा निरिक्षक नबनाएर भ्रष्ट्रचारको काण्डै काण्डमा मुछिएका शक्ती केन्द्रलाई रिझाएर पद र प्रतिष्ठामा टिकेका सर्वेन्द्र खनाललाई प्रहरी महा निरिक्षक बनाईयो ।

Leave A Reply

Your email address will not be published.