महिला पत्रकार स्व.विन्दु पाण्डेको स्मृतिमा

25

- Advertisement -

सरोज खडका

पर्सा जिल्लाको पहिलो महिला पत्रकार स्वःविन्दु देवी पाण्डेको नामबाट स्वःबिन्दु देवी पाण्डे स्मृती प्रतिष्ठान स्थापना भएको छ । पर्साका अगुवा पत्रकारहरु स्वः विजय प्रकाश विन, शंकर खतिवडा, सरोज खडका, प्रेम शरार्फ लगाएतको सक्रियतामा प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानले क्रियाशिल महिला   पत्रकारलाई प्रोत्साहन गर्दै आएको छ । स्वःपाण्डेको स्मृती दिवसको अवसरमा प्रत्येक वर्ष एक जना क्रियासिल महिला पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ । प्रतिष्ठानले २०७४ मा माधुरी महतो, २०७५ मा कविता खडका, २०७६ मा लक्ष्मी खरेल, २०७७ मा बिमला गुप्ता र २०७८ मा अनिता कुवर(एनी) लाई नगद सहित पुरस्कृत गरिसकेको छ भने आउने दिनहरुमा समेत महिला पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गर्ने छ । प्रतिष्ठानको मुख्य उदेश्य भनेको नै महिला पत्रकाहरुलाई प्रोत्साहित गर्ने र अग्रजको सम्मान र क्रियाशिल महिला पत्रकारहरुलाई प्रोत्साहन गर्नुका साथै बिविध खाले प्रशिक्षण, भ्रमण र अन्य क्रियाकलापमा सक्रिय गराएर पत्रकारिता प्रती आकर्शण बढाउनु रहेको छ । बिँदु पाण्डे वरिष्ठ पत्रकार शुर्दशन राज पाण्डेको श्रीमती हुनु हुन्थयोे । पिता कृष्ण प्रसाद सेडाई र माता साविश्री सेडाईको जेष्ठ पुत्री हुनु हुन्थयो उहाको भाई प्रद्युन सेडाई बीरगंज १४ श्रीपुरको वडा नं. अध्यक्ष हुनु हुन्छ भने बहिनीहरुमा गीता, निता, निलम, मोनुका हुनुहुन्छ । सिजन राज पाण्डे र छोरी पुजा पाण्डे छन भने सिजन राज पाण्डे माओवादीको दश वर्षिय जनयुध्दमा शहिद भएका थिए । स्वः विन्दु देवी पाण्डे आफ्नो पत्रकार पती शुदर्शन राज पाण्डे को मार्ग निर्देशमा पंचायतकालमा पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएको थियो उँहा उत्थान साप्ताहिक पत्रिकाको प्रकाश तथा सम्पादक रहेर काम गर्नु भएको थियो । तत्कालिन तानाशाही एक दलित पंचायती ब्यवस्थाको बिरोधमा समाचार लेख प्रकाशन गरेको कारण जेल जिवन पनी भोग्नु परेको थियो । स्वः पाण्डेलाई बीरगंजमा प्रहरीले पक्राउ गरी राजकाज बिरुद्वको मुद्दा चलाएर काठमाण्डौको चारखाल जेल चलान गरियो तर पनी वस्ःपाण्डे अलिकतीपनी बिचलित हुनु भएन दासी दासी जेल यात्रा गर्नु भयो । त्यसरी निरंकुश ब्यवस्था बिरुद्व समाचार प्रकाश गर्ने र कारवाही हुदा बिचालित नभई जेल सजाय भोगने र सम्झौता नगर्ने बीर महिला पत्रकार थिइन स्वःबिन्दु पाण्डे एक महिला त्यो पनी पंचायती तानाशाही ब्यवस्था घर परिवार का साथै पत्रकारिता पेसामा पनी एक्लो महिला अहिले अवस्थामा सोच्दा पनी एकादेशको कथा जस्लो लाग्न सक्छ तर वास्तवमा बिन्दु देवी पाण्डेले घर परिवार धान्दै पत्रकारिता पेसा प्रती इमानदार र निष्टवान रहदै आउनु भयो । उहालाई लोकतन्त्र प्रती जन अनअधिकार प्राप्ती गर्दा स्वःपाण्डेले निरडरताको साथ पत्रकारिता गरिनै रहनु भयो र देशमा राजनैतिक परिवर्तन हुदै गए एक पछि अर्को ब्यवस्था आयो तर स्वः बिन्दु देवी पाण्डेले चाहेको र सोचेको जस्तो ब्यवस्था अहिले पनी आएको छैन । होईन भने स्वः पाण्डेले आफु र आफ्नो परिवारको स्वार्थ मात्र चाहेकी हुन्थिन भने उनी कुनै सरकारी कार्यालयको प्रमुख हुने थिइन उनका छोरा छोरी दिदेशमा हुनेथिए होला र उनी आफु स्वर्गवास हुदा पनी आफ्नो केही गर्नु भएन जसरी जन्मनु भएको थियो त्यसरी नै जानु भयो तर जानु भन्दा अगाडी स्मण त्याग वलिदान र इमानदारिताका साथै महिला एकलो र असहाय हुदै संर्घषले प्रतिफल दिन्छ भन्ने एउटा संदेश दिएर जानु भयो स्वः बिन्दु देवी पाण्डेको स्मृतीमा लेख्न भन्न अझै पनी केही बाँकी हुन सम्छ फेरी बिस्तारमा चर्चा गरौला ।

Leave A Reply

Your email address will not be published.